Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

मेक्सिकोमा प्रहरीमाथि महिला प्रदर्शनकारीद्धारा आक्रमण, ६२ प्रहरी घाइते

मेक्सिकोमा प्रहरीमाथि महिला प्रदर्शनकारीद्धारा आक्रमण, ६२ प्रहरी घाइते

  • फाल्गुण २६, २०७७ बुधवार १२:४३ बजे
  • 732
    SHARES
  • मेक्सिकोमा प्रहरीमाथि महिला प्रदर्शनकारीद्धारा आक्रमण, ६२ प्रहरी घाइते

    मेक्सिको । मेक्सिकोमा आफूमाथि हुने अपराधविरुद्ध महिलाहरुले अहिलेसम्म कै ठूलो प्रदर्शन गरेका छन् । राष्ट्रपति लोपेज ओब्राडोर दुव्र्यवहार आरोपी नेताको बचाउमा लागेपछि महिलाहरुले प्रदर्शन सुरु गरेका थिए ।

    images

    ओब्रोडोरलाई राजिनामा दिन माग गर्दै महिलाहरुले सोमबार राष्ट्रपति भवन घेराउ गर्न निस्किएका थिए । उनीहरु सुरक्षाकर्मीले रोक्न नसकुन् भनेर लाइटर, साना ग्यास सिलिन्डरजस्ता आगोजन्य वस्तु, ब्याट, हथौडा लिएर प्रदर्शनमा गएका थिए । उनीहरुले प्रदर्शनका क्रममा केही स्थानमा आगजनी पनि गरेका छन् । प्रहरीले पनि अश्रु ग्यास प्रहार गरेको थियो । आन्दोलनमा ६२ प्रहरीसहित ८१ जना महिला घाइते भएका छन् । 

    मेक्सिको विश्वको यस्तो देश हो, जहाँ महिलामाथि हुने हिंसा सबैभन्दा धेरै छ । गत वर्ष मेक्सिकोमा दैनिक १० महिलाको हत्या भएको थियो । वर्षभरमा १६ हजार महिलामाथि यौन हिंसा भएको थियो । 

  • सम्बन्धित विषय:

  • # मेक्सिको

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology