Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

रियल मड्रिडका जापानी स्टार कुबो मर्लोकामा 

रियल मड्रिडका जापानी स्टार कुबो मर्लोकामा 

  • श्रावण २८, २०७८ बिहिवार ०९:३७ बजे
  • 1.0K
    SHARES
  • रियल मड्रिडका जापानी स्टार कुबो मर्लोकामा 

    एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडका जापानी युवा स्टार ताकेफुसा कुवो स्पेनकै अर्को क्लब रियल मर्लोकामा फर्किएका छन् । उनी एक सिजनका लागि लोनमा पुनः रियल मलोर्का पुगेका हुन् ।

    २० वर्षीय कुवोले २०१९–२० को सिजनमा लोनमै मलोर्काबाट खेलेका थिए । तर, उनले मलोर्कालाई रेलिगेसन बचाउन सकेनन् । मलोर्का रेलिगेसनमा परेको एक सिजन पछि नै शीर्ष डिभिजनमा फर्किएको छ।

    मलोर्का रेलिगेसनमा परेपछि उनले गत सिजन भिल्लारियल र गेटाफेबाट लोनमा खेलेका थिए । रियलमा ५ वर्षको सम्झौता गरेका कुवो सिजन लोनमा खेल्दैछन् ।

    जापानमा गत साता सकिएको टोकियो ओलम्पिक अन्तरगत पुरुष यु–२३ फुटबलमा उच्च प्रदर्शन गरेपछि उनलाई रियल सोसिडाड लगायतका अन्य क्लबले चासो देखाएपनि उनले मलोर्का नै रोजेका हुन् । 

  • सम्बन्धित विषय:

  • # रियल मड्रिड

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij