काठमाडौं– लेखक तथा नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई हुत्तिहारको संज्ञा दिएका छन्। उनले भारतीय अत्याचारको विरोध गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन्।
सामाजिक सञ्जालमार्फत संग्रौलाले भारतीय एसएसबीले तुइन काट्दा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता प्रकरणमा भारतसँग डटेर कुरा गर्न नसकेको भन्दै देउवा सरकारको आलोचना गरेका छन्।
उनले प्रधानमन्त्री देउवाको हुतिहारा प्रवृत्तिलाई एमाले अध्यक्ष केपी ओलीले गिज्याउनु स्वाभाविक भएकोसमेत बताएका छन्।
‘भारतीय सीमा रक्षकले तुइन काटेर जयसिंह धामीलाई महाकालीमा डुबाएको देख्ने जिउँदा प्रमाण छन्। तर छानबिन टोली धुलामा सियो खोजेझैँ प्रमाण खोज्या खोज्यै छ,’ संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘गठबन्धन सरकारले कूटनीति पहल गरी दिल्लीका दादाछेउ विरोध गर्ने हुतीधरी दुखाएन। यो हुतिहारालाई मौसमी राष्ट्रवादी ओली किन नगिज्याउन्?’
भारतीय सीमा रक्षकले तुइन काटेर जयसिंहलाई महाकालीमा डुबाएकाे देख्ने जिउँदा प्रमाण छन्।तर छानबिन टाेली धुलामा सियाे खाेजेझैँ प्रमाण खाेज्या-खाेज्यै छ।गठबन्धन सरकारले कूटनीति पहल गरी दिल्लीका दादाछेउ विराेध गर्ने हुतीधरी दुखाएन।याे हुतिहारालाई माैसमी राष्ट्रवादी ओली किन नगिज्याउन्?
— Khagendra Sangroula (@belakoboli) August 12, 2021
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij