Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बहुल राष्ट्रिय राज्य स्थापना गर्ने भन्दै राजेन्द्र महतोले गठन गरे योङ ईण्डिजिनिष्ट लिग

बहुल राष्ट्रिय राज्य स्थापना गर्ने भन्दै राजेन्द्र महतोले गठन गरे योङ ईण्डिजिनिष्ट लिग

  • 1.7K
    SHARES
  • बहुल राष्ट्रिय राज्य स्थापना गर्ने भन्दै   राजेन्द्र महतोले  गठन गरे  योङ ईण्डिजिनिष्ट लिग

    काठमाडौं । जनता समाजवादी पार्टी,नेपाल (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्ने दोहोर्‍याएका छन् ।

    images

    बिहीवार काठमाडौंमा जसपा निकट योङ ईण्डिजिनिष्ट लिगको प्रारम्भीक भेलामा महतोले बहुल राष्ट्रिय राज्य स्थापित नभएसम्म पछाडि परेका जनताको अधिकार स्थापित हुन नसक्ने भन्दै बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्ने बताए । 

    एकल राष्ट्रिय राज्यको चिन्तन र सोचबाट भएकै कारण समस्या उत्पन्न भएको र उत्पीडित जनताले अधिकार पाउन नसकेको बताउँदै महताेलेमुलुकमा सातवटा संविधान आएपनि जनता भने अझै पनि अधिकारबाट बञ्चित हुनुपरेको तर्क गरे ।

    उनले यसअघिको सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लिएपनि सो बमोजिम काम गर्न नसकेको आरोप लगाए । बहुलराष्ट्रिय राज्य नेपाल स्थापनाका लागि भन्दै योङ ईण्डिजिनिष्ट लिग गठन गरिएको जसपाका नेताहरुले बताएका छन् ।  

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology