Logo

२०८३, कार्तिक ९ गते आइतवार

२०८३, कार्तिक ९ गते आइतवार

सर्लाहीको बाँके जंगलमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते

सर्लाहीको बाँके जंगलमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते

  • 76
    SHARES
  • सर्लाहीको बाँके जंगलमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते

    काठमाडौं । पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका-१२, बाँके जंगलमा शनिबार ट्रक र इभी गाडी ठोक्किँदा १२ जना घाइते भएका छन् । सर्लाहीबाट पूर्व बर्दिबासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४-००१ ज ००५७ नम्बरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-००२ ख १३२४ नम्बरको ट्रक ठोक्किँदा इभीमा सवार मानिसहरू घाइते भएका हुन् ।

    दुर्घटनामा बाराको महागढीमाई नगरपालिका ६ का ४१ वर्षीय कामेश्वर सहनी, सोही नगरपालिकाको वडा नं.९ का ४८ वर्षीय राजेन्द्र राम, बाराकै सुवर्ण गाउँपालिका ४ बस्ने ३७ वर्षीय रञ्जित राम, ४५ वर्षीय भवन राम, ४० वर्षीय रामदेव राम, ४० वर्षीय विनोद राम, ४७ वर्षीय रुदल राम, सुवर्ण गाउँपालिका ७ बस्ने ६३ वर्षीय हरिहर राम घाइते भएका छन् ।

    त्यस्तै बाराकै कलैया उपमहानगरपालिका २६ बस्ने ३७ वर्षीय नन्दन राम, ३७ वर्षीय उमेश राम, बाराको पचरौता नगरपालिका ७ बस्ने ५५ वर्षीय राम सन्देश राम र बाराकै सिम्रौनगढ नगरपालिका ४ बस्ने ४० वर्षीय नवलकिशोर राम घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये सुवर्ण गाउँपालिका ४ बस्ने ३७ वर्षीय रञ्जित रामको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि एलएस न्युरो अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ । 

    अन्य घाइतेको मोडेल अस्पताल लाल बन्दीमा उपचार भइरहेको सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेका सवारी प्रहरी चौकी फूल जोरमा ल्याएर राखिएको छ । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इन्स्पेक्टर केसीले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij