Logo

२०८३, कार्तिक ९ गते आइतवार

२०८३, कार्तिक ९ गते आइतवार

गोरखा र सुर्खेतका मुख्य राजमार्गहरु अवरुद्ध

गोरखा र सुर्खेतका मुख्य राजमार्गहरु अवरुद्ध

  • 71
    SHARES
  • गोरखा र सुर्खेतका मुख्य राजमार्गहरु अवरुद्ध

    काठमाडौं । बाढी र पहिरो जस्ता विपदका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाटोको अवस्थाबारे जानकारी दिएको हो ।

    गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका-२, ३ र ऐ.गाउँपालिका-९ नयाँपुल (सोतिमा रहेको फलामे पुल र गोरखा आरुघाटबाट धादिङ जोड्ने राजमार्ग) बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ ।गोरखाकै आरुघाट गाउँपालिका-९ नयाँपुलस्थित गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्डमा बाढीका कारण अवरोध सृजना भएकोमा हाल साना सवारी साधन मात्र सुचारु भइरहेका छन् ।

    कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका-७ औलिसेस्थित कर्णाली राजमार्ग पहिरोका कारण अवरुद्ध भएकोमा हाल उक्त सडक खण्ड एकतर्फी रूपमा सुचारु भएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij