वेबटिभी खबर
काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको अवरोधको पछिल्लो विवरण सार्वजनिक गरेको छ । आज बिहान ६ः३० बजेसम्मको तथ्यांकअनुसार बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू प्रभावित भएका छन् ।
गोरखाको आरुघाट गाउँपालिका वडा नं.२, ३ र सोही गाउँपालिकाको वडा नं.९ नयाँपुलस्थित सोतीमा रहेको फलामे पुल तथा गोरखा आरुघाटबाट धादिङ जोड्ने राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ । आरुघाट गाउँपालिका वडा नं.९ नयाँपुलस्थित गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्डमा भने हाल साना सवारी साधन मात्र सञ्चालनमा आएका छन् ।
पहिरोका कारण बराहताल गाउँपालिका वडा नं.७ औंलिसेस्थित कर्णाली राजमार्ग प्रभावित भएको थियो । हाल उक्त राजमार्ग एकतर्फी रूपमा मात्र सुचारु रहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij