Logo

२०८३, कार्तिक १४ गते शुक्रवार

२०८३, कार्तिक १४ गते शुक्रवार

काठमाडौंलाई हराउँदै जनकपुर बोल्ट्स विजयी

काठमाडौंलाई हराउँदै जनकपुर बोल्ट्स विजयी

  • 66
    SHARES
  • काठमाडौंलाई हराउँदै जनकपुर बोल्ट्स विजयी

    काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको हो । जितका लागि पाएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।

    जसमा मोइन अलीले अर्धशतकीय पारी खेल्दै अविजित ५८ रन बनायो । मोइन प्रतियोगितामा अर्धशतक हिर्काउने तेस्रो खेलाडी समेत बने । यस्तै शैफ हसनले नटआउट ४० रनको योगदान गरे। यी दुबै ब्याटरबीच ७९ रनको साझेदारी समेत भयो ।

    काठमाडौंका रिपोन मोन्डलले १ विकेट हात पारे । यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रनमा अलआउट भयो । जसमा भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । जनकपुरका राहुल यादबले ४ विकेट झारे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij