Logo

२०८३, मंसिर १२ गते शुक्रवार

२०८३, मंसिर १२ गते शुक्रवार

जटिल प्रसूति समस्यामा परेकी महिलाको उद्धार

जटिल प्रसूति समस्यामा परेकी महिलाको उद्धार

  • 73
    SHARES
  • जटिल प्रसूति समस्यामा परेकी महिलाको उद्धार

    काठमाडौं । राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको उद्धार गरिएको छ ।

    बाजुराको बुढीनन्दा नगरपालिका-१ निवासी ती महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको हो ।

    दुर्गम तथा स्वास्थ्य सेवाको सहज पहुँच नभएका क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँचमा पुर्‍याई जोखिमपूर्ण प्रसूति अवस्थाबाट जीवन रक्षा गर्ने र मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले मन्त्रालयले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij