Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

हत्यामा संलग्नलाई तीन दिनभित्र सार्वजानिक गरिने

हत्यामा संलग्नलाई तीन दिनभित्र सार्वजानिक गरिने

  • 459
    SHARES
  • हत्यामा संलग्नलाई तीन दिनभित्र सार्वजानिक गरिने

    उदयपुर ।  त्रियुगा नगरपालिका-६ मोहनपुर बस्ने प्रेम चौधरीकी छोरी वर्ष १६ की कृशलाको हत्यामा संलग्नलाई तीन दिनभित्र सार्वजानिक गरिने प्रहरीले जनाएको छ ।

    images

    कृशलाको सामूहिक बलात्कारपछि हत्या भएको हुनसक्ने र प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गरेर सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै सदरमुकाम गाईघाट बजारसहित विभिन्न सहर बजारमा दैनिक विभिन्न विद्यार्थी सङ्घ सङ्गठन, महिला अधिकारकर्मीले आन्दोलन तथा नारा जुलुस गर्दै आइरहेका छन् ।

    यसै क्रममा प्रहरी उपरीक्षक सुवास बोहराले अबका तीन दिनभित्र कृशलाको हत्यामा संलग्न अभियुक्त र हत्याको सबै सत्यतथ्य सार्वजनिक गरिन लागेको बताए । 

    बुबा प्रेमका अनुसार त्रिनपा-६ मोहनपुकी कक्षा १० मा अध्ययनरत वर्ष १६ की कृशला यही साउन १३ गते जङ्गलमा घाँस दाउरा गर्न गएकी थिइन् ।

    सोही दिनदेखि उनी बेपत्ता भएको र व्यापक खोजी गर्ने क्रममा साउन १९ गते नजिकैको चुरे जङ्गलस्थित राजदेवी सामुदायिक वनको एकान्त कुनामा उनको शव नचिन्ने अवस्थामा फेला परेको उनले बताए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology