Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

केपी ओलीसँग भिड्न कोही सक्दैनन्ः महेश बस्नेत

केपी ओलीसँग भिड्न कोही सक्दैनन्ः महेश बस्नेत

  • 1.1K
    SHARES
  • केपी ओलीसँग भिड्न कोही सक्दैनन्ः महेश बस्नेत

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिड्न कसैले सक्दैनन् भन्ने पुष्टि हुँदै गएको नेकपा एमालेका नेता एवं सांसद् महेश बस्नेतले बताएका छन् । शनिबार भक्तपुरमा आयोजित राष्ट्रिय युवा संघ नेपाल कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् । 

    एमालेविरुद्ध गठबन्धन बन्नुले ओलीसँग भिड्न कसैले सक्दैनन् भन्ने पुष्टि गरेको बस्नेतले दाबी गरे । उनले जनताको पार्टी एमाले फेरि पनि दुई तिहाइ बहुमत साथ सिंहदरबार छिर्ने बताए ।

    ‘आज प्रचण्डले भन्नुभयो रे ! 'माधव नेपाल बिच्केको दिन हामी अल्पमतमा पर्छौं, त्यही भएर हामी धेरै जान्नेसुन्ने हुनुहुँदैन, फेरि केपी ओली फर्केर आउन सक्छन्,' सही कुरा गर्नुभयो कमरेड प्रचण्डले । यो सरकारलाई सदनबाट गलत्याएर जाने की, जनताको म्यान्डेड लिएर जाने भन्ने सन्दर्भमा हाम्रो पहिलो प्राथमिकता ५० लाख भोटसहित दुई तिहाइ मत लिएर सिंहदरबारको मूल गेटबाट गएर, अहिले अदालतको परमादेशबाट छिरेका शेरबहादुर देउवालाई झ्यालबाट निकाल्ने हो,' बस्नेतले भने । 

    उनले एमालेले युवाहरुलाई सही रुपमा परिचालन गरिरहेको पनि बताए । युवा संघका नेताहरु हरेक ठाउँमा सक्षम रहेको बस्नेतको भनाइ छ । अब आउने चुनावमा भक्तपुरमा कांग्रेसलाई चौपल भोटले हराउने उनकाेदाबी छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij