वेबटिभी खबर
काठमाडौं । सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई सिफारिस गरेको छ ।
हाल प्रदेश प्रमुख रहेका राजेश झा ‘अहिराज’काे ठाउँमा मिश्रलाई नियुक्त गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश प्रमुखमा सिफारिस महोत्तरी जिल्ला घर भएका मिश्र कांग्रेसका नेता एवं पूर्वसांसद पनि हुन् ।
राजेश झालाई केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखमा सिफारिस गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले यसअघि गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पनि परिवर्तन गरिसकेकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij