Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

एमाले फुटे कांग्रेसलाई महंगाे पर्ने अध्यक्ष ओलीकाे चेतावनी

एमाले फुटे कांग्रेसलाई महंगाे पर्ने अध्यक्ष ओलीकाे चेतावनी

  • 1.3K
    SHARES
  • एमाले फुटे कांग्रेसलाई महंगाे पर्ने अध्यक्ष ओलीकाे चेतावनी

    काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश कुनै हालतमा मान्य नहुने स्पष्ट पारेका छन् । नयाँ बानेश्वरमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यादेश जारी नगर्न र जारी भए कार्यान्वयन गर्न नहुने बताएका हुन् । 

    images

    ओलीले अहिलेको गठबन्धन नामको सरकार असंवैधानिक, गैरकानुनी, जनादेशविपरितको र अपराधिक उदेश्यका साथको सरकार भएको आरोप लगाए । ओलीले षडयन्त्रपूर्वक गलत मनसायका साथ अनैतिक प्रयोजकनका लागि संसदको अधिवेशन अन्त्य गरिएको भन्दै आलोचना गरे । संसद अधिवेशन रोकेर १२ घण्टा नवित्दै कालो र षडयन्त्रपूर्वक दल विभाजको अध्यादेश सरकारले ल्याएको भन्दै उनले आक्रोश व्यक्त गरे ।

    ओलीले तत्काल अध्यादेश फिर्ता लिन माग गरे । उनले एमाले फुटाउन कांग्रेस लगाएतका दलहरु लागेको भन्दै अध्यादेश खारेज नभए वा एमाले फुटे महंगाे पर्ने चेतावनी दिए । अहिलेको सरकारले प्रतिपक्षीमाथि दमन गर्न खोजेको भन्दै अब एमाले चुप लागेर नवस्ने उनले स्पष्ट पारे ।

    पार्टी एकताका लागि आफूले अधिकतम लचकता अपनाएपनि अर्को पक्षले एक पछि अर्को अडान लिएका कारण समस्या आएको उनको भनाइ थियो । बैठकले पार्टी फुटाउने गरी नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । यस्तै बैठकले तीन दिनभित्र संसद बैठक बोलाउनसमेत माग गरेको छ ।   

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology