वेबटिभी खबर
काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
राष्ट्रपति भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा मंगलबार संविधानको संविधानको धारा १६७ बमोजिम मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना र प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा उपस्थित थिए ।
प्रदेश २ का निवर्तमान प्रदेश प्रमुख राजेश अहिराज झालाई तत्कालीन केपी शर्मा ओली सरकारले ७ फागुन ०७७ मा नियुक्त गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले अहिराजलाई हटाएर मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij