Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

दलहरूसँग सहकार्य नभए एमाले मध्यावधि निर्वाचनमा जान्छ: पोखरेल

दलहरूसँग सहकार्य नभए एमाले मध्यावधि निर्वाचनमा जान्छ: पोखरेल

  • फाल्गुण २७, २०७७ बिहिवार १६:०४ बजे
  • 1.0K
    SHARES
  • दलहरूसँग सहकार्य नभए एमाले मध्यावधि निर्वाचनमा जान्छ: पोखरेल

    काठमाडौं । उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दलहरूसँग सहकार्य हुन नसके एमाले मध्यावधि निर्वाचनमा जाने बताएका छन् ।

    वीरगन्जस्थित होटल भिस्वामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।

    ‘पुनर्जिवित एमाले अब संसदीय प्रक्रियाबमोजिम परिवर्तित ढंगले अगाडि बढ्छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिए सरकराले अन्य दलहरूसँग सहकार्य गर्छ । दलहरूबीच सहकार्य हुन नसके देश मध्यावधि निर्वाचनमा जान्छ,’ पोखरेलले भने ।

    उनले अबको एमाले पुरानै बिन्दुबाट अघि बढ्नेसमेत बताएका छन् । ‘एमालेलाई माओवादी केन्द्रसँग एकता गर्नुअघि ०७५ जेठ २ कै अवस्थाबाट अघि बढाइने छ,’ पोखरेलले भने ।

    माओवादी केन्द्रबाट आएका नेतालाई सम्मानजन व्यवस्थापन गरी विगतका कमीकमजोरीलाई समीक्षा गरेर एमालेलाई अगाडि बढाइने पोखरेलले स्पष्ट पारे । 

  • सम्बन्धित विषय:

  • # ईश्वर पोखरेल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij