Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीको मागलाई बेवास्ता गर्दै बाँसगढी नगरपालिका, तालाबन्दी गर्ने तयारी

इसीडी शिक्षक र विद्यालय कर्मचारीको मागलाई बेवास्ता गर्दै बाँसगढी नगरपालिका, तालाबन्दी गर्ने तयारी

  • 2.6K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीको मागलाई बेवास्ता गर्दै बाँसगढी नगरपालिका, तालाबन्दी गर्ने तयारी

    काठमाडौं । बर्दियास्थित बाँसगढी नगरपालिकाका इसीडी शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलित बनेका छन् । 

    images

    सरकारले श्रम ऐनअनुसार घोषणा गरेको सेवा सुविधाबाट आफूहरू वञ्चित रहेको भन्दै देशभरका इसीडी शिक्षक र विद्यालय कर्मचारीहरू आन्दोलनमा छन् । उनीहरूले आफ्ना माग पूरा गराउन स्थानीय निकायलाई घचघच्याई रहेका छन् । 

    संघीय सरकारबाट ८ हजार र स्थानीय सरकारबाट ७ हजार गरी जम्मा १५ हजार रकम उपलब्ध गराउने व्यवस्था भएकोमा स्थानीय तहको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा न्युनतम पारिश्रमिक ग्यारेन्टी नभएको इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूको भनाइ छ । 

    श्री पृथ्वी माध्यामिक विद्यालय, पासगडी-३ लखना बर्दियाकी इसीडी शिक्षक पुष्पा थापा आफूहरूले नियमअनुसार तलब नदिएको गुनासो बेवटिभी खबरसँग गरिन् । 

    २०६५ सालदेखि इसीडी शिक्षकको भूमिकामा रहेर भविष्यका कर्णधारलाई आधारभूत शिक्षा दिएकी शिक्षक थापालगायतले काठमाडौं आएर पनि आन्दोलन गरे । तर,उनीहरूको माग सुनुवाइ भएन । 
     
    बाँसगढी नगरपालिकसमक्ष उनीहरूले माग अघि सारे पनि नगरपालिकाले तलबबारे अन्योलमा राख्दै आएको उनी बताउँछिन् । उनले भनिन्, ‘नगरपालिकासमक्ष हामीले माग राखेका छौं । कहिले ५०० हजार दिन्छु भन्नुहुन्छ, कहिले ३०० हजार दिन्छु भन्नुहुन्छ । कति के गर्नुहुन्छ ? ठोस निर्णय पाएका छैनौं ।’ 

    बाँसगढीका मेयर सालिकराम अधिकारीसँग बेवटिभी खबरले शुक्रबार (४ गते) र आइतबार (६ गते) सम्पर्क गर्दा ‘मिटिङमा छु’ भन्दै धेरै बोल्न चाहेनन् । उपमेयर सुष्मा चौधरीसँग सम्पर्क गर्न खाेज्दा उनको फोन लागेन । 

    इसीडी शिक्षक र विद्यालय कर्मचारीको मागबारे कुनै पनि पक्ष गम्भीर नभएकाले बाँसगढी नगरपालिकामा तालाबन्दी गर्ने तयारी रहेको शिक्षक थापाले बताइन् । 

    उनले भनिन्, ‘तलबको विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा गराउँदा हामी थाकिसक्यौं । अब के कसरी हाम्रो माग पूरा होला ? नगरपालिकाले माग पूरा नगरेर ताला लगाउँछौं ।’  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology