Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

फ्रिजलाई यसरी सफा राखौं 

फ्रिजलाई यसरी सफा राखौं 

  • 575
    SHARES
  • फ्रिजलाई यसरी सफा राखौं 

    एजेन्सी । मानिसको व्यस्तता बढेसँगै खानेकुरालाई ताजा राख्ने फ्रिजको प्रयोग क्रमशः बढ्दै गएको छ ।

    images

    एकै पटक धेरै खाना बनाएर फ्रिजमा राख्दै आवश्यकताअनुसार खाने चलन नेपालका शहरी क्षेत्रमा पनि भित्रिसकेको छ ।

    सानो परिवार र सबै काममा व्यस्त हुने हुँदा फ्रिजको महत्व बढेको छ । तर, खानेकुराकाे सम्वन्ध सिधै स्वास्थ्यसँग जोडिने भएकाले यसलाई राख्ने फ्रिज सदैव सफा राख्न चनाखाे हुनु पर्छ । फ्रिजलाई नियमित सफाइ नगरे फोहोर भएर दुर्गन्ध फैलन्छ । दुर्गन्धले खानेकुरालाई पनि दुषित बनाउने र विभिन्न व्याक्टेरिया फैलनसक्ने भएकाले सफा गरिहाल्नु पर्छ ।

    फ्रिजलाई जहिले मन लाग्यो त्यही बेला सफा गर्न सकिँदैन । किनभने सफा गर्ने बेला यसमा भएका सबै सामानलाई निकालेर खाली गर्नु पर्छ । कतिपय खानेकुरा त धेरै बेर बाहिर राख्न नमिल्ने खालका पनि हुन्छन । त्यस्तो बेला ती खानेकुरा सकिने अवधि कुरेर मात्र फ्रिज सफा गर्नुपर्छ ।  

    कसरी सफा गर्ने ?

    सुरुमा फ्रिजलाई पूर्ण रुपमा खाली गर्ने । 

    मनतातो पानीमा डिटरजेन्ट पाउडर घोलेर कपडामा चोप्दै पूरै फ्रिजलाई पुछ्ने ।

    डिटरजेन्टको बदलामा भिनेगरमा १ कप बेकिङ सोडा हालेर बनाएको घोलले पनि फ्रिजलाई पुछ्न सकिन्छ । 

    फ्रिजमा कडा खाले पहेंलो दाग लागेको छ भने त्यसलाई हटाउन एसिडको प्रयोग गर्न सकिन्छ । थोरै एसिड टूथ ब्रसको सहायताले पहेंलो दागमा लगाएर सफा गर्नुपर्छ । तर, एसिड छालामा लाग्दा हानी गर्ने भएकाले सकेसम्म यो विधि नगर्दा राम्रो हुन्छ । 

    दागहरु हटाउने गरी पुछेपछि फ्रिजलाई पुनः पानीले मात्र पुछेर सफा गर्नुपर्छ । 

    फ्रिज सफा गर्दा त्यहाँ भित्र राख्न बनाइएका सिसा टुटफुट नहोस भनेर विशेष ध्यान दिनुपर्छ ।

    फ्रिजलाई सफा गरिसकेपछि सुक्नका लागि केही समय खुल्ला छोड्दिनु पर्छ ।

    त्यत्ति गर्दा पनि फ्रिजबाट गन्ध आइरहेको भए ह्वाइट भिनेगरको प्रयोग गर्न सकिन्छ । त्यसपछि भने गन्धहरु पुरै हट्छ । 

    फ्रिजलाई बढी फोहोर भइसकेपछि मात्र सफा गर्दा बढी मेहनत पर्छ । त्यसैलै साप्ताहीक रुपमा यसलाई सफा गर्दा धेरै समय र परिश्रम पर्दैन ।

  • सम्बन्धित विषय:

  • # फ्रिज

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology