एजेन्सी –जर्मन डिएफवी पोकलको पहिलो राउन्डमा बायर्न म्युनिखले सानदार जित दर्ता गरेको छ । इरिक म्याक्सिम चुपो मोटिङको ह्याट्रिकसहित चार गोल मद्दतमा बायर्नले १० खेलाडीमा समेटिएको तल्लो श्रेणीको ब्रेमेर एसभीमाथि १२–० को फराकिलो जित दर्ता गरेको हो ।
बायर्नको एक दर्जन गोलमा चुपो मोटिङले चार गोल गर्दा जमाल मुसिएलाले २ तथा मालिक टिलमान, लिरोए साने, मिचेल कुइसेन्स, बोउना सार र कोरेन्टिन टोलीले समान एक गोल गर्दा एक जोल उपहार पाएको थियो । गोलको वर्षा भएको खेलमा बायर्नले पहिलो हाफमा ५ गोल गर्दा दोस्रो हाफमा ७ गोल थपेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij