Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

महाकालीमा धामी बेपत्ता भएको एक महिना पूरा, गठबन्धनका नेताको प्रश्नमा प्रधानमन्त्री मौन

महाकालीमा धामी बेपत्ता भएको एक महिना पूरा, गठबन्धनका नेताको प्रश्नमा प्रधानमन्त्री मौन

  • 532
    SHARES
  • महाकालीमा धामी बेपत्ता भएको एक महिना पूरा, गठबन्धनका नेताको प्रश्नमा प्रधानमन्त्री मौन

    काठमाडौं । दार्चुलास्थित महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइनको तार काटिदिँदा जयसिंह धामी सोही नदीमा बेपत्ता भएको सोमबार (आज) एक महिना पूरा भएको छ । तर यो घटनाबारे सरकारले गठन गरेको छानबिन टोलीले कुनै प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । घटनामा भारतीय एसएसबीको संलग्नता भएको स्पष्ट हुँदाहुँदै पनि यो प्रकरणमा सरकारको दृष्टिकोण अस्पष्ट भएको भन्दै सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्रीसमक्ष असन्तुष्टि जनाएका छन् ।

    सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुले धामी वेपत्ता प्रकरण छानविनका लागि गठित छानविन प्रतिवेदन सार्वजनिक गर्न भएको ढिलाइ र आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन छिमेकी मुलुक भारतसँग कुरा गर्नुपर्ने बताएका थिए । सत्ता गठबन्धनका नेताहरुले धामी प्रकरणबारे प्रश्न उठाउँदा प्रधानमन्त्री देउवा भने बैठकमा मौन रहेको बैठकमा सहभागी एक नेताले बताए ।

    गठबन्धनका नेताहरूले धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् । ‘हामीले जयसिंह धामी प्रकरणबारे भइरहेको ढिलाई र आगामी दिनमा सरकारले चाल्नुपर्ने कदमका बारेमा प्रश्न गर्यौ तर प्रधानमन्त्री देउवाले ठोस जवाफ दिनुभएन’, नेकपा एकीकृत समाजवादीका नेता डा. बेदुराम भुसालले भने, ‘ ‘छानविन प्रतिवेदन बनेपछि सबै कुरा आउँछ भन्ने कुरा गर्नुभयो ।’

    १५ साउनमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएबीले तुइनको तार काट्दा धामी नदीमा खसेको प्रत्यक्षदर्शी र स्थानीबासीले बताइसक्दा पनि सरकारले यसबारे कुनै ठोस कदम चाल्न सकेको छैन ।सरकारले १७ साउनमा १० दिनको म्याद राखेर उक्त घटना छानबिन समिति बनाएको थियो, जसको हालसम्म तीन पटकसम्म म्याद थपिएको छ । तर समितिले प्रतिवेदन तयार पार्न सकेको छैन । यो घटनामा सरकारले भारतसँग कूटनीतिक रूपमा छलफल नगरेको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij