वेबटिभी खबर
काठमाडौं । पेरुमा भएको डुंगा दुर्घटनामा परी २० भन्दा बढीको मृत्यु भएको छ । घटनामा परी अरु ५० भन्दा बढी यात्रु हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । अमेजन क्षेत्रको हुल्लाग नदिमा डुंगा दुर्घटना भएको आरपीपी रेडियोले समाचार प्रसारण गरेको छ ।
बाक्लो कुहिरोका कारण चालकलाई गन्तव्य पहिचान गर्न समस्या भएपछि डुंगा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । दुर्घटना भएका बेला विमानमा झण्डै ८० यात्रु रहेको अनुमान गरिएको छ ।
‘पर्याप्त उज्यालो नभएकाले चालकलाई डुंगा संचालन गर्न समस्या भएर डुंगा दुर्घटना भएको हो, दुर्घटनामा परी बाँचेका एक व्यक्तिले भने । बेपत्ता भएका यात्रुहरुको खोजीका लागि उद्धारकर्ताहरु परिचालन गरिएको र खोजी कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् ।
बेपत्ता भएकाहरु जिवितै भेटिने संभावना कम रहेकाले मृतकको सङ्ख्या पनि बढ्न सक्ने खोजी कार्यमा खटिएकाहरुले बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij