Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

तलब माग गर्दै निरन्तर धर्नामा इसीडी शिक्षक

तलब माग गर्दै निरन्तर धर्नामा इसीडी शिक्षक

  • 4.6K
    SHARES
  • तलब माग गर्दै निरन्तर धर्नामा इसीडी शिक्षक

    झापा । सरकारले बजेट भाषणमार्फत घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ माग गर्दै भद्रपुर नगर क्षेत्रका बालशिक्षक (इसीडी) र कर्मचारीले आन्दोलन सुरु गरेका छन् ।

    images

    भद्रपुर नगरपालिकाको आठौँ नगरसभाले आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रममा बालविकास केन्द्रमा कार्यरत शिक्षक र कर्मचारीको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ नपुर्याएको भन्दै नेपाल शिक्षक महासंघ नगर समिति भद्रपुरको नेतृत्वमा बालशिक्षक आन्दोलित बनेका हुन् ।

    शिक्षक महासंघ नगर समितिसहित नगर क्षेत्रका १६ वटा शिक्षक तथा कर्मचारी संगठनले संयुक्तरूपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । शिक्षकले अपिलमार्फत नगरपालिका र नगर शिक्षा, युवा तथा खेलकुद शाखालाई लिखित रूपमा जानकारी गराएको बालशिक्षक सञ्जाल भद्रपुरकी अध्यक्ष तारा मैनालीले जानकारी दिइन् ।

    नगरपालिका उपप्रमुख चन्द्रामाया श्रेष्ठ र नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रेम भुजेललाई लिखितरूपमा ध्यानाकर्षण गराइएको उनले बताइन् । नगरपालिकाले बालशिक्षक र कर्मचारीको तलब नबढाए थप आन्दोलन गरिने उनले चेतावनी दिइन् ।

    सरकारले १ साउनदेखि तोकेको न्यूनतम मासिक १५ हजार रुपैयाँ तलब कार्यान्वयनमा ल्याउनुपर्ने भन्दै नेपाल शिक्षक महासंघ, बालशिक्षक र विद्यालय कर्मचारी परिषद् नगर समितिले गत २७ जेठमा नगरपालिकालाई लिखित ध्यानाकर्षण गराएका थिए । तर, नगरपालिकाले नगरसभाबाट पारित गरेको बजेट, नीति तथा कार्यक्रममा बालशिक्षकको तलब ३ हजार र कर्मचारीको तलब २ हजार रुपैयाँ मात्र बढाउने उल्लेख छ ।

    सरकारले बालशिक्षक र कर्मचारीको अहिलेको पारिश्रमिक बढाएर मासिक ८ हजार पुर्याएको र सम्बन्धित पालिकाले ७ हजार थपेर न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ उपलब्ध गराउने बजेटमार्फत घोषणा गरेको छ ।

    सरकारले तोकेको न्यूनतम पारिश्रमिक नगरपालिकाले बजेटमार्फत कार्यान्वयनमा नल्याएपछि आन्दोलनमा उत्रिनुपरेको शिक्षक महासंघ नगर समिति अध्यक्ष गणेश गिरीले बताए ।

    नगरपालिकाले अहिले बालशिक्षकलाई मासिक ७ हजार ५ सय, मावि स्तरका कर्मचारीलाई ११ हजार ५ सय, आधारभूत स्तरका कर्मचारीलाई ७ हजार ५ सय र प्रावि स्तरका कर्मचारीलाई ४ हजार ५ सय रुपैयाँ मासिक तलब दिँदै आएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology