Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

थपियो शिक्षकको तलब

थपियो शिक्षकको तलब

  • 2.6K
    SHARES
  • थपियो शिक्षकको तलब

    काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी) शिक्षक र विद्यालय कर्मचारीको तलब थप गरेको छ । गतअसार ३० गते बसेको नवौं गाउँसभाबाट तलब थपको निर्णय घोषणा गरिएकाे हाे । संघीय सरकारले दिएकाे ८ हजारमा ७ हजार थप गरेर १५ हजार रूपैयाँ दिइएकाे छ ।  

    images

    तलब थप गर्न शिक्षक महासंघ चन्द्रनगरका अध्यक्ष सरोज सिंहको नेतृत्वमा गतवर्षकाे असोजदेखि गाउँपालिकालाई लिखित तथा मौखिकरूपमा निरन्तर दबाब परेकाे थियाे । गाउँपालिकासमक्ष उनीहरूले ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए । सोही पत्रको उपलब्धि तलब थप भएको अध्यक्ष सिंहले शुक्रबार बेवटिभी खबरलाई जानकारी दिए ।

    ‘प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी) शिक्षक र विद्यालय कर्मचारीको तलब थपको माग गर्दै गतवर्षको असोजदेखि हामीले गाउँपालिकालाई दबाब दिएका थियौं । ध्यानाकर्षण पत्र पनि बुझाएका थियौं । सोही बीचमा संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमार्फत् इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गर्यो,’ उनले भने, ‘शिक्षक र कर्मचारीलाई केन्द्रबाट उपलब्ध ८ हजारमा स्थानीय सरकारले ७ हजार थप गरी १५ हजार दिनुपर्नेमा स्थानीय सरकारले ७ हजार दिन अस्वीकार गर्यो । हाम्रो निरन्तर दबाबपछि चन्द्रनगर गाउँपालिकाले तलब थप गरेकाे छ । यो ठूलो उपलब्धि हो ।’ 

    सरकारले श्रम ऐनअनुसार घोषणा गरेको सेवा सुविधाबाट आफूहरू वञ्चित रहेको भन्दै यतिखेर देशभरका इसीडी शिक्षक र विद्यालय कर्मचारीहरू आन्दोलनमा छन् । सुनसरीको इनरुवा नगरपालिका, बर्दियाको बाँसगढी नगरपालिकालगायतका इसीडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलनमा छन् । फाइल तस्बिर । 

    ecd.jpg

    फलोअपः इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब दिन सर्वदलीय निर्णय चाहिने फलोअपः इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब दिन सर्वदलीय निर्णय चाहिने

    स्थानीय सरकारलाई जिम्मा लगाउनुभन्दा केन्द्रबाट नै तलब छुट्याउनुपर्छ: इसीडी शिक्षक स्थानीय सरकारलाई जिम्मा लगाउनुभन्दा केन्द्रबाट नै तलब छुट्याउनुपर्छ: इसीडी शिक्षक

    इसीडी शिक्षक र विद्यालय कर्मचारीको मागलाई बेवास्ता गर्दै बाँसगढी नगरपालिका, तालाबन्दी गर्ने तयारी इसीडी शिक्षक र विद्यालय कर्मचारीको मागलाई बेवास्ता गर्दै बाँसगढी नगरपालिका, तालाबन्दी गर्ने तयारी

    गण्डकी प्रदेशमा इसीडी शिक्षकको तलब आधारभूत शिक्षक सरह बनाइने ! गण्डकी प्रदेशमा इसीडी शिक्षकको तलब आधारभूत शिक्षक सरह बनाइने !

    इसीडी शिक्षक र विद्यालय कर्मचारीको मागलाई बेवास्ता गर्दै जनप्रतिनिधि    इसीडी शिक्षक र विद्यालय कर्मचारीको मागलाई बेवास्ता गर्दै जनप्रतिनिधि  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology