Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

अवार्ड दिन आएकी अभिनेत्रीले मञ्चमै कपडा उतारेपछि 

अवार्ड दिन आएकी अभिनेत्रीले मञ्चमै कपडा उतारेपछि 

  • चैत्र १, २०७७ आइतवार १३:३५ बजे
  • 680
    SHARES
  • अवार्ड दिन आएकी अभिनेत्रीले मञ्चमै कपडा उतारेपछि 

    पेरिस । फ्रान्सकी एक अभिनेत्रीले एक सार्वजनिक पुरस्कार वितरण समारोहमा आफ्नो कपडा उतारेर ‘कोरोना महामारीका समयमा कला र संस्कृति बचाउनका लागि सरकारले भिन्नै केही कदम चाल्नुपर्छ’ भन्ने म्यासेज दिएकी छन् । ५७ वर्षीया कोरेन मासिरो गधाको आकृतिको कस्ट्युम ओढेर सिजर अवार्ड समारोहको मञ्चमा पुगेकी थिइन् । सिजर अवार्डस्लाई फ्रान्समा ओस्कार जत्तिकै मानिन्छ । उनले कम्मरभन्दा तल रगतले लतपतिएको लुगा लगाएकी थिइन् । मञ्चमा पुगेपछि उनले ती दुवै लुगा खोलिन् । 

    images

    फ्रान्समा फिल्म हल बन्द भएको तीन महिनाभन्दा बढी पुगेको छ, धेरै कलाकार सरकारको यस निर्णयप्रति खुशी छैनन । सिजर अवार्ड समारोहमा आयोजकले मासिरोलाई बेस्ट कस्ट्युमको अवार्ड प्रदान गर्न बोलाएका थिए । तर मञ्चमै कपडा खोलेर उनले सबै दर्शकलाई अचम्मित बनाइन् । उनको शरीरमा ‘संस्कृति नभए भविष्य छैन’ भन्ने सन्देश लेखिएको थियो । उनले फ्रान्सका प्रधानमन्त्री जिन कास्टेक्सका लागि आफ्नो शरीरको पछाडि भागमा ‘हामीलाई हाम्रो कला फिर्ता देउ, जिन’ लेखेकी थिइन् । 

    france.jpg

    समारोहमा उपस्थित अन्य कलाकारले पनि मासिरोले भन्दा अगाडि सरकारसँग यस्तै अनुरोध गरेका थिए । पछिल्लो डिसेम्बरमा सैयौं कलाकार, फिल्म निर्देशक, संगीतकार, समीक्षक तथा कला क्षेत्रका व्यक्तिहरुले पेरिसमा सरकारविरुद्ध प्रदर्शन गरेका थिए । उनीहरुले अन्य क्षेत्र जस्तै कला क्षेत्रको प्रतिबन्ध पनि हटाउनुपर्ने माग गरेका थिए । 

    यस वर्ष सिजर अवार्ड समारोहमा एल्बर्ट डुपोन्टेलको फिल्म गुडब्वाय मारन्सले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । डेनमार्कमा बनेको फिल्म अनदर राउन्डले उत्कृष्ट विदेशी फिल्मको अवार्ड जित्यो । 

  • सम्बन्धित विषय:

  • # फ्रान्स

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology