Logo

२०७८, आश्विन ४ गते सोमवार

२०७८, आश्विन ४ गते सोमवार

एन्जेलाको साढे ६ वर्षे साहसिक विश्व पैदल यात्रा

एन्जेलाको साढे ६ वर्षे साहसिक विश्व पैदल यात्रा

  • 153
    SHARES
  • एन्जेलाको साढे ६ वर्षे साहसिक विश्व पैदल यात्रा

    वातावरणसँग गहिरो सम्बन्ध खोज्दै अमेरिकी नागरिक एन्जेला म्याक्सवेलले एक्लै पृथ्वीको भ्रमण गर्ने योजना बनाइन् । साढे ६ वर्ष र २० हजार माइल हिंडेपछि उनले आफ्नो यात्रा टुङग्याइन् । 

    सन् २०१३ मा आफ्नो आर्ट कक्षामा एक मानिसले विश्व घुमेको सुनाएपछि उनले पनि योजना बनाइन् र यसको ९ महिनापछि घरबाट निस्किइन् । 

    पैदल यात्रामा निस्किने भएपछि म्याक्सवेलले आवश्यक सामानको जोहो गरिन् । उनले क्याम्पिङ इक्युपमेन्ट, खानेकुरा, पानी फिल्टर, चार सिजनमा लगाउने लुगाको बन्दोबस्त गरिन् । सन् २०१४ मे २ मा आफ्नो गृहस्थान ओरेगनको बेन्ड सहर छोडेर एक साहसिक, अनिश्चित विश्वयात्रामा लागिन्। घर छोडेर फरक बाटो खोजिरहँदा उनलाई थाहा थिएन, आफ्नो लागि बाटोमा कस्तो समयले पर्खिरहेको छ भनेर । 

    यात्रा सुरु गर्दा उनी ३० वर्षको सुरुवातमा थिइन् । एक सफल व्यापारी र राम्रो सम्बन्धमा भएकी म्याक्सवेल आफू सफल र खुशी रहेको सोच्थिन् । ‘म सोच्थे म खुसी छु’ उनले भनिन, ‘तर सोच्दा मैले अझै धेरै खोजिरहेकी थिएँ, जस्तैः मानिस र प्रकृतिबीचको गहिरो सम्पर्क ।’ 

    सन् २०१८ को जुनसम्म उनले १२ हजार ५ सय माइल पैदल यात्रा गरेर १२ वटा देश घुमिसकेकी थिइन् । म्याक्सवेल भन्छिन्, ‘मेरो यात्रा धेरै महत्वकांक्षा, जिद्दी र साहसको एक संयोजन हो । यो मनोरञ्जन र खेलको पदयात्रा होइन तर आत्मखोज हो ।’

    म्याक्सवेल आफ्नो तालिकाअनुसार बिहान सुर्योदयसँगै उठ्थिन्, दुई कप कफि र बे्रकफास्ट गर्ने, अनि सामानहरु प्याक गर्ने र हिँड्ने, बेलुका सुत्ने ठाउँ खोज्ने, चाउचाउ खाने र स्लिपिङ ब्यागमा सुत्ने गर्थिन् । तर उनका दिनहरु सधैं एकै हुँदैनथे । 

    हिँड्ने क्रममा म्याक्सवेल अष्ट्रेलियाको मरुभूमिमा घाममा डढिन् र हिटस्ट्रोकबाट पीडित भइन् । भियतनाममा डेंगु ज्वरो आयो । मंगोलियामा घुमन्ते मानिसले उनको टेन्ट फोडेर राति बलात्कार गरे । टर्कीमा आफ्नो क्याम्पनजिकै गोली चलेको आवाज सुनिन् र त्यसपछिका दिनमा सुत्ने बेला एउटा कान र एउटा आँखा सँधै जागै राख्थिन् । बाँकी दिनमा के हुन्छ भन्ने जान्न असम्भव थियो तर बाटोमा आउने कठिनाई बारे उनी सुरुदेखि नै जानकार थिइन् । 

    यौन हिंसामा परेपछि केही समय उनलाई त्यसको ट्रमाबाट निस्किन समय लाग्यो । आफ्नो यात्रालाई निरन्तरता दिने वा नदिने दोधारमा परिन् । तर आफ्नो योजना सफल बनाउन र उक्त घटनाले प्रभाव नपारोस् भनेर उनी आफूलाई मनाउने प्रयास गरिरहन्थिन् । 

    उनले बेलायतबाट नेपालको यात्रामा निस्किएकी रोजी स्वाले पोप, अष्ट्रेलियाको पदयात्रा गरेकी लेखक रोबिन डेभिडसनबाट प्रेरणा लिइरहिन्थन् । हिंसाको सामना गर्दा पनि मन र शरीर कसरी बलियो बनाउन सकिन्छ भन्ने खोजीमा पनि उनी हिँडेकी थिइन् । 

    सुस्त गतिको हिँडाईले उनलाई बाह्य संस्कृति गहिरोसँग बुझ्ने अवसर दियो । उनी इटालीको टायरहेनियन सागरको छेउछाउको सानो समुद्री किनारका गाउँहरु घुमिरहेकी थिइन, जीवन्त वातावरणमा उनलाई बोल्न, बस्न र वाइन पिउन त्यहाँका मानिसहरुले स्वागत गरे । 

    महिला सशक्तिकरणका लागि एक आवाज बनिन् । जब मंगोलियाको आक्रमणपछि पनि उनले आफ्नो यात्रा जारी राख्ने निर्णय गरिन्, यसले महिलालाई ‘छोड्नु वा भाग्नु कहिले विकल्प होइन्’ भनेर प्रेरणा दिइन् । 

    भियतनाममा हाइ भानको उच्च भागमा पुग्दा उनलाई एक वृद्धाले आफ्नो सानो काठको घरमा सुस्ताउन आग्रह गरेकी थिइन् । एक मित्रता मंगोलिया र रुसको सीमामा फुलेको थियो । इटालीमा भेटिएकी एक महिलाकी छोरीका लागि म्याक्सवेल 'गडमदर' बनिन् । 

    यी अन्तरसांस्कृतिक भेट उनको यात्रामा केही दिन चले । यस अवधिमा म्याक्सवेलले ‘नयाँ कुरा सिक्नका लागि राम्रो श्रोता हुनुपर्छ’ भन्ने सिकिन् । 

    ‘साढे ६ वर्ष एक्लै हिँड्दा हरेक मानिससँग अरुलाई सुनाउनका लागि केही न केही कथाहरु हुन्छन् भन्ने मैले थाहा पाएँ, यसका लागि हामीसँग सुन्ने इच्छा हुनुपर्छ’ उनले भनिन् ।  

    यसबाहेक उनले सहयोगको महत्व पनि थाहा पाइन् । यात्रासँगै म्याक्सवेलले इटालीको गाउँमा परम्परागत खानेकुराका पारिवारिक प्रचलन सिकिन्, जर्जियामा मौरीपालन, मंगोलियाको सिल्क रोडमा उँट बारे सिकिन् । उनले न्युजिल्यान्डमा काठ काटिन्, इटालीमा सडक मानिसलाई खानेकुरा दिइन्, इटालियन किसानलाई घर पुनर्निर्माण गर्न सहयोग पुर्याइन् । 

    यात्रापछि म्याक्सवेलले अनौपचारिक जमघट, विद्यालय, विश्वविद्यालयहरु र एडिनबर्गमा टेडएक्स स्टेजमा अरुलाई प्रेरित गर्न आफ्नो अनुभव सुनाइन् । महिला सशक्तिकरणका लागि एक आवाज बनिन् । जब मंगोलियाको आक्रमणपछि पनि उनले आफ्नो यात्रा जारी राख्ने निर्णय गरिन्, यसले महिलालाई ‘छोड्नु वा भाग्नु कहिले विकल्प होइन्’ भनेर प्रेरणा दिइन् । 

    भविष्यमा महिला र किशोरीको सहयोगका लागि काम गर्न म्याक्सवेलले यात्रामार्फत् ३० हजार डलर संकलन गरिन् । ६ वर्ष, ६ महिना म्याक्सवेलले उत्सुकता, अनिश्चितता र चरम जोखिमयुक्त जीवनशैली रोजिन् । 

    सन् २०२० को डिसेम्बर १६ मा म्याक्सवेलले आफ्नो यात्रा ओरेगन सहरमा रहेको साथीको घरमा पुगेर अन्त्य गरिन् । अब पनि आफू साहसिक जीवनमा जहिले पनि फर्किन सक्ने बताउँछिन् । अहिले म्याक्सवेल किताब लेख्ने, भविष्यमा गर्ने यात्रा र महिलाका लागि आफ्नो दैनिक जीवनमा साहस खोज्न, त्यसलाई व्यक्त गर्न र मूर्त रुप दिने तरिकाहरु सिर्जना गर्न लागिरहेकी छन् । 

    बिबिसीबाट अनुवाद गरिएकाे । 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology