Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

यी हुन पुरस्कृत हुने ४० निजामती कर्मचारी (सूचीसहित)

यी हुन पुरस्कृत हुने ४० निजामती कर्मचारी (सूचीसहित)

  • 1.5K
    SHARES
  • यी हुन पुरस्कृत हुने ४० निजामती कर्मचारी  (सूचीसहित)

    काठमाडौं । सरकारले उत्कृष्ट र निजामती सेवा पुरस्कार पाउने ४० कर्मचारीको नाम सार्वजनिक गरेको छ ।

    images

    गोरखापत्रमा सार्वजनिक सूचना अनुसार आज निजामती कर्मचारी दिवसका अवसरमा १० जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ ।

    यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी फेला परेका छैनन् । कुनै पनि निजामती कर्मचारीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार नपाएको यो लगातार पाँचौ वर्ष हो ।

    सरकारले हरेक वर्ष २२ भदौमा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ । दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिइने व्यवस्था भए पनि सर्वोत्कष्ट कर्मचारी सिफारिस गरिएको छैन ।

    Karmachari.jpegमुख्यसचिवको संयोजकत्वमा रहने सिफारिस समितिले देशभरिबाट प्राप्त नाममध्ये पुरस्कृत हुने निजामती कर्मचारीको नाम सिफारिस गरेको हो । समितिमा संघीय मामिला तथा सामान्य प्रशासन, कानुन मन्त्रालय र नेपाल सरकारले तोकेको नेपाल सरकारको कुनै सचिव र अवकाशप्राप्त पूर्वमुख्यसचिव हुन्छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology