Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

जनप्रतिनिधिले दल रोज्न पाउने आज अन्तिम दिन 

जनप्रतिनिधिले दल रोज्न पाउने आज अन्तिम दिन 

  • भाद्र २२, २०७८ मंगलवार ०९:२९ बजे
  • 489
    SHARES
  • जनप्रतिनिधिले दल रोज्न पाउने आज अन्तिम दिन 

    काठमाडौं– निर्वाचन आयोगले विभाजित दल रोज्नका लागि जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको समय आज सकिँदैछ। 

    नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएसँगै निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्न २१ दिनको समय दिएको थियो। आजसम्ममा दल परिवर्तन गर्ने जनप्रतिनिधिको पद गुम्ने छैन। 

    निर्वाचन आयोगले भदौ ९ गते एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई दर्ताको प्रमाणपत्र दिएको थियो। 

    यसबीचमा नेकपा एमाले छाडेर प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधले एकीकृत समाजवादी रोजेका छन् भने जसपा छाडेर लोसपा रोजेका छन्। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij