Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

फुटबल लिजेन्ड पेले अस्पताल भर्ना, पेटको शल्यक्रिया

फुटबल लिजेन्ड पेले अस्पताल भर्ना, पेटको शल्यक्रिया

  • भाद्र २२, २०७८ मंगलवार ०९:४३ बजे
  • 705
    SHARES
  • फुटबल लिजेन्ड पेले अस्पताल भर्ना, पेटको शल्यक्रिया

    एजेन्सी– फुटबल जगतका सर्वकालिन लिजेन्ड पेलेको पेटको शल्यक्रिया भएको छ । उनको पेटभित्र पलाएको ट्युमर शल्यक्रियामार्फत काटेर फालिएको हो । ८० वर्षीय पेले ६ दिनदेखि अस्पतालमा थिए । आफ्नो पेटभित्रको शंकास्पद घाउ फालेपछि  अहिले विजय मनाइरहेको उनले बताएका छन् ।

    ‘भाग्यवश मैले पनि तपाइँहरुसँगै  ठूलो विजय मनाएको छु’ पेलेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनुहारमा चमक, आशा र आनन्द बोकेर यो खेललाई मैले सामना गर्नेछु ।’ आफ्नो उपचारमा संलग्न सबै चिकित्सकलाई उनले धन्यवाद दिएका छन् । 

    यसअघि पेले बिरामी परेको र उनी एक पटक बेहोस भएको भन्ने विवरणहरु सार्वजनिक भएका थिए । गत साता परिक्षणका क्रममा दाँया पेटको भित्री भागमा ट्युमर देखिएको उनले बताएका थिए ।  सन् २०२० को फेब्रुवरीमा पेलेका छोरा इडिनहोले बाबु राम्रोसँग हिड्न नसकेको र धेरै दिन बाहिर नगएको बताएका थिए ।

    पेलेको स्वास्थ्यलाई लिएर पछिल्लो समयमा उनका प्रशंसकले चासो देखाउन थालेका छन् । सन् २०१५ मा उनको प्रोस्टेट सर्जरी भएको थियो । त्यसको ६ महिनापछि उनलाई फेरी अस्पताल भर्ना गरिएको थियो । त्यस्तै, सन् २०१९ मा उनलाई पिसाबको संक्रमण भएको थियो । 

    आफ्नो २१ वर्ष लामो फुटबल जीवनका क्रममा पेलेले १,३६३ खेलमा १,२८१ गोल गरेर विश्व कीर्तिमान बनाएका थिए। आफ्नो २१ वर्ष लामो फुटबल जीवनका क्रममा पेलेले १३ सय ६३ खेलमा १२ सय ८१ गोल गरेर विश्व कीर्तिमान बनाएका थिए।

  • सम्बन्धित विषय:

  • # अस्पताल
  • # पेले
  • # फुटबल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij