Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अमेरिकाले भन्यो- एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि छैन [पूर्णपाठसहित]

अमेरिकाले भन्यो- एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि छैन [पूर्णपाठसहित]

  • 664
    SHARES
  • अमेरिकाले भन्यो- एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि छैन [पूर्णपाठसहित]

    काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विषयमा नेपाल सरकारले सोधेको जिज्ञासाको जवाफ पठाएको छ । सम्झौताका विषयमा मिलेनियम च्यालेन्ज कर्पोरेसनले ११ बुँदामा नेपाल सरकारले सोधेका प्रश्नको जवाफ पठाउँदै यो सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको प्रष्ट पारेको हो ।

    images

    'नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ,' जवाफमा उल्लेख गरिएको छ ।नेपालले अमेरिकाले दिने सहयोगलाई अन्तर्राष्ट्रिय सम्झौता भन्नुपर्ने कारण किन परेको हो भन्दै त्यसले नेपालको संविधान र कानुनलाई कमजोर पार्न सक्ने आंशका व्यक्त गर्दै प्रश्न सोधेको थियो ।

    यसमा कर्पोरेसनले सबै साझेदार देशहरूमा भएका सम्झौता अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तद्वारा निर्देशित भएको र कार्यान्वयनमा अड्चन नआओस् भन्नका लागि त्यस्तो व्यवस्था गरिएको उल्लेख गरेको छ । त्यसैगरी, स्थानीय कानुनको कुनै निश्चित प्रावधानसँग बाझिने विरलै अवस्था बाहेक यो सम्झौता नेपालको कानुनअनुसार नै अघि बढ्ने उल्लेख गरिएको छ ।

    कम्प्याक्टअन्तर्गतका परियोजना आपसी सहमतिका शर्त तथा नेपालको संविधानअनुसार अघि बढ्ने पनि जवाफमा उल्लेख गरिएको छ । सम्झौतामा नेपालको अहित हुने विषय नरहेको कर्पोरेसनले पत्रमा उल्लेख गरेको छ । एमसीसीअन्तर्गत आउने सहयोग नितान्त निस्स्वार्थ सहयोग रहेको तथा यो सैन्य रणनीतिअन्तर्गत नरहेको कर्पोरेसनले पठाएको जवाफमा उल्लेख छ ।

    1.jpg

    2.jpg

    3.jpg

    4.jpg

    5.jpg

    6.jpg

    7.jpg

    8.jpg

    9.jpg

    10.jpg

    11.jpg

    12.jpg

    13.jpg

    14.jpg

    15.jpg

     

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology