Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

कार्यसम्पादन मुल्यांकनमा सोलुखुम्बु चौथो नम्बरमा

कार्यसम्पादन मुल्यांकनमा सोलुखुम्बु चौथो नम्बरमा

  • 621
    SHARES
  • कार्यसम्पादन मुल्यांकनमा सोलुखुम्बु चौथो नम्बरमा

    सोलुखुम्बु । गृह मन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा सोलुखुम्बु चौथो नम्बरमा पर्न सफल भएको छ । गृह मन्त्रालयका सहसचिव कमलराज ढकालका अनुसार मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन मुल्यांकनको नतिजामा सोलुखुम्बु चौथो नम्बरमा परेको हो

    images

    हिमाली जिल्ला सोलुखुम्बु भौगोलिक कठिनाइका बावजुत देशभरका अन्य सुगम जिल्लाहरुलाईसमेत उछिन्दै कार्यसम्पादनमा चौथो नम्बरमा आउनु खुसीको कुरा भएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताए ।

    भौगोलिक विकटताकाबीच आफूले गरेको कार्यसम्पादनको आधारमा गृहले गरेको मुल्यांकनले आगामी दिनको कार्यसम्पादनमा थप उत्साह थपेको प्रजिअ शाहीको भनाइ छ । शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र आर्थिक अनुशासनको आधारमा कार्यसम्पादन मूल्यांकन नतिजा निकालिएको गृह मन्त्रालयले जनाएको छ ।

    यसअघि गृह मन्त्रालयमा कार्यरत शाही ५ कात्तिक २०७७ देखि सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी जिम्मेवारी सम्हाल्दै आएका छन् । आफू आएदेखि नै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन लगायतका विषयलाई थप प्राथमिकताका साथ हेरेको प्रजिअ शाहीको दाबी छ ।
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology