Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता

मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता

  • भाद्र २८, २०७८ सोमवार ०९:४५ बजे
  • 624
    SHARES
  • मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता

    काठमाडौं– रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन्।  महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन्। विसं २०६२ मा रोजगारीका लागि मलेसिया गएका सर्वजित हालसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन्। 

    images

    १६ वर्षसम्म छोराको अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरेकी छन्। राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरुलाई ठूलो बज्रपात भएको उनले बताइन्। 

    ‘घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा हामी छोराकै पिरले दिनको भोक न रातको निद भएका छौँ,’ विष्णुमायाले भक्कानिँदै भनिन्, ‘मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिरने गरे पनि त्यसपछि कुराकानी हुन छोडेको छ। अहिले उ कहाँ कस्तो अवस्थामा छ कुनै जानकारी छैन।’

    लामो समयसम्म पनि छोरो घर नफर्केपछि आमाबाबु चौबिसै घण्टा पिरोलिने गरेको बेपत्ता सर्वजितकी भाउजू सम्झना विकले बताइन्।

    काठमाडौँ मेभ मेनपावरबाट मलेसिया गएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा -निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको उनका आफन्त विष्णुराम विकले बताए। 

    चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सर्वजित सम्पर्कबिहीन भएका उनको भनाई छ। सर्वजितलाई विदेश पठाउने मेनपावर अहिले बन्द भएको छ ।

    हालसम्म धेरै खोजी गर्दा पनि सर्वजितको अवस्था पत्ता नलागे पनि विक परिवार अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा छन्। छोरा गएको ठाउँ मलेसियालगायत सबैतिर खोजिदिन परिवारले सरकारलाई आग्रह गरेका छन्। रासस

  • सम्बन्धित विषय:

  • # मलेसिया
  • # बेपत्ता

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology