Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

भारतमा घट्यो कोरोना संक्रमण 

भारतमा घट्यो कोरोना संक्रमण 

  • 427
    SHARES
  • भारतमा घट्यो कोरोना संक्रमण 

    नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार २८ हजार ५९१ जनामा संक्रमण पुष्टि भएको थियो ।

    images

    भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा ३७ हजार ६८७ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले २१९ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ लाख ७४ हजार २६९ रहेको छ ।

    हालसम्म भारतमा ३ करोड २४ लाख ४७ हजार ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । भारतमा कोरोनाविरुद्धको खोपलाई प्राथमिकतामा राखिएको छ । हालसम्म ७४ करोड ३८ लाख कोरोनाविरुद्धको खोप लगाइएको छ ।

    भारत सरकारले यस डिसेम्बरसम्म सबै वयस्क व्यक्तिहरुलाई खोप लगाउने लक्ष्य लिएको छ । कोरोना संक्रमणलाई परास्त पार्न खोप प्रभावकारी हुने चिकित्सकहरुले बताउँदै आइरहेका छन् । चिकित्सककाअनुसार कोरोनाविरुद्धको खोप लगाएपछि संक्रमणको पहिलो र दास्रो जस्तो लहर घातक तेस्रो लहर हुँदैन ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology