Logo

२०७८, आश्विन ४ गते सोमवार

२०७८, आश्विन ४ गते सोमवार

रचना रिमाल र नवीन रावलले ल्याए ‘चट्ट माया’

रचना रिमाल र नवीन रावलले ल्याए ‘चट्ट माया’

  • 93
    SHARES
  • रचना रिमाल र नवीन रावलले ल्याए ‘चट्ट माया’

    काठमाडौं । गायिका रचना रिमाल र गायक नवीन रावलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘चट्ट माया’ बोलको उक्त गीतमा मिलन विष्टको शब्द रहेको छ । गीतको संगीत गायक रावलले नै तयार गरेका हुन् ।

    डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा उषा उप्रेती र दीपेशजंग रायमाझीको नृत्य देख्न सकिन्छ । भिडियोमा उषा र दीपेशको जोडी सुहाएको देखिन्छ । शान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ ।

    अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । ‘शिव दर्शन फिल्मस्’को प्रस्तुतिमा बनेको भिडियोलाई गायत्री थापाले निर्माण गरेकी हुन् ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology