Logo

२०७८, आश्विन ४ गते सोमवार

२०७८, आश्विन ४ गते सोमवार

४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै

४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै

  • 115
    SHARES
  • ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै

    काठमाडौं । कोभिडविरुद्धको ४४ लाख डोज भेरोसेल खोप बिहिबार नेपाल आउने भएको छ ।

    सरकारले चीनबाट पछिल्लो पटक ६० लाख डोज खोप खरिद गरेको थियो । जसमा १६ लाख एक साता अघि नै आइसकेको छ ।

    व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाकाअनुसार खोप लिनका लागि ३० भदौ  गते नेपाल वायुसेवा निगमको जहाज चीन जाने तयारी छ ।

    यसअघि २४ लाख कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख डोज अस्ट्राजेनेका खोप आइसकेको छ । सरकारले यही साताभित्र १ लाख डोज फाइजर खोप ल्याउने भएको छ ।

    स्तनपान गराइरहेका महिला र १२ वर्ष उमेर समूहमाथिकालाई लगाउन खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology