Logo

२०७८, आश्विन ४ गते सोमवार

२०७८, आश्विन ४ गते सोमवार

बागमतीमा नेकपा एसका संसदीय पदाधिकारी चयन

बागमतीमा नेकपा एसका संसदीय पदाधिकारी चयन

  • 121
    SHARES
  • बागमतीमा नेकपा एसका संसदीय पदाधिकारी चयन

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मुनु सिग्देल नियुक्त भएकी छिन् । दलका नेता राजेन्द्र पाण्डेले उपनेतामा कृष्ण खनाल र सचेतक बसुन्धरा हुमागाईंलाई प्रस्ताव गरेका हुन् ।

    सोमबार बसेको दलको बैठकले बागमतीमा एमालेको सरकार अल्पमतमा परेकाले गठबन्धन सरकार बनाउने निर्णय समेत गरेको छ । गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग समन्वय गर्नका लागि बैठकले पाण्डेलाई जिम्मा दिएको छ । पाण्डे मुख्यमन्त्रीका दाबेदार हुन् ।

    नेकपा एसले ३ दलीय गठबन्धन सरकारको तर्फबाट गर्ने साझा न्यूनतम कार्यक्रम मस्यौदा गर्न माधव पौडेल, बसन्त मानन्धर, मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मा दिएको छ ।

    नेकपा एसले सोमबार नै प्रदेश १ र २ मा दलको नेता चयन गरेको छ । प्रदेश १ मा राजेन्द्र राई र प्रदेश २ मा शत्रुधन महतो दलको नेतामा चयन भएका छन् ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology