Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

प्रदेश नं १ सरकारलाई नेकपा एकीकृत समाजवादीको समर्थन फिर्ता

प्रदेश नं १ सरकारलाई नेकपा एकीकृत समाजवादीको समर्थन फिर्ता

  • 594
    SHARES
  • प्रदेश नं १ सरकारलाई नेकपा एकीकृत समाजवादीको समर्थन फिर्ता

    विराटनगर । प्रदेश नं १ को वर्तमान सरकारलाई नेकपा एकीकृत समाजवादीले आज समर्थन फिर्ता लिएको छ । प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको छ ।

    images

    सो पार्टीका प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई उक्त पत्र हस्तान्तरण गरिन् । दर्ता नं १४७ को पत्रमा एकीकृत समाजवादीले वर्तमान सरकारलाई आफ्नो दलका तर्फबाट रहेको समर्थन आजको मितिदेखि फिर्ता गरेको उल्लेख गरिएको छ ।

    सो अवसरमा प्रदेशसभा सदस्य रेग्मीले वर्तमान सरकार अल्पमतमा रहेकाले एकीकृत समाजवादीको नेतृत्वमा आगामी प्रदेश सरकार गठनका लागि केन्द्र तथा प्रदेशमा विभिन्न गठबन्धन दलसँग छलफल गरी सहमति पुग्ने विचार व्यक्त गरिन् ।

    उनले एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्र राई र राजन राई रहेको दुई सदस्यीय वार्ता टोली गठन गरी प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेतासँग छलफल गर्ने बताइन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology