Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

नेपाल पनि निपाह भाइरसको जोखिममा

नेपाल पनि निपाह भाइरसको जोखिममा

  • 764
    SHARES
  • नेपाल पनि निपाह भाइरसको जोखिममा

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार बिहानै निपाह भाइरस बारे जानकारीसँगै यसबाट बच्न अपनाउनु पर्ने सतर्कताबारे भाइबरमा जानकारीमूलक सन्देश जारी गर्यो । छिमेकी मुलुक भारतमा याे भाइरस देखिएपछि नेपालमा पनि बेलैमा सतर्कता अपनाउन थालिएकाे छ ।

    images

    पछिल्लो दिनमा भारतमा निपाह (निपा) भाइरसको संक्रमणमा वृद्धि भएपछि नेपालमा पनि फैलनेसक्ने भन्दै मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सजगता अपनाउन र सर्तक रहन सबैलाई आग्रह गरेको छ । 

    निपाह भाइरसले मलेशिया, सिंगापुर र बंगलादेशमा असर गरिसकेको छ । भारतमा पनि यस भाइरसकाे संक्रमणबाट केही व्यक्तिको निधन भएको छ । हाल भारतमा कोरोना भाइरस संक्रमणको हटस्पट बनेको केरला राज्यमा निपाह भाइरस संक्रमण पनि पुष्टि भएको छ । केरलामा ५ सेप्टेम्बरमा १२ बर्षीय एक बालकले यस संक्रमणको कारणले ज्यान गुमाएका छन् । 

    यो भाइरस चमेरो वा सुगुंरबाट माध्यमबाट मानिसहरु सर्छ । निपाह संक्रमित व्यक्तिले अर्को व्यक्तिलाई सार्ने सम्भावना पनि प्रबल हुन्छ ।

    नेपालमा जोखिम ? 
    भारतमा निपाह संक्रमण फाटफुट देखिन थालेकाले खुला सीमा भएको नेपालमा पनि त्यसको असर पर्न सक्ने जोखिम बढेको हो । रोजगारीका लागि भारत गएका नेपालीे दशैँमा घर फर्कन्छन । त्यसैले बेलमै सचेत हुनुपर्ने अवस्था छ ।

    भारतमा यो भाइरस देखिएकाले नेपालमा पनि आउनसक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा. शेरबहादुर पुन बताउँछन् । 

    के हो निपाह भाइरस ?
    डा. शेरबहादुर पुनका अनुसार निपाह भाइरस जनावरबाट जनावरमा र जनावरबाट मानिसमा सर्छ । पछिल्लो समयमा मान्छेबाट मान्छेमा पनि सरेको पुष्टि भएको छ । यसको संक्रमण हुँदा ज्वरो आउने, बान्ता हुने, जिउ दुख्ने, श्वासप्रश्वासमा समस्या, टाउको दुख्ने हुन्छ । संक्रमण भएको ४८ घण्टामा बिरामी अचेत हुनसक्छन् । त्यसैले उपचारमा ढिलासुस्ती नगर्न चिकित्सकले सुझाव दिएका छन् । 

    यो भाइरस विशेषगरी फलफूल खाने चमेरोले टोकेर छोडेको फल नधोइ खाँदा वा उसको र्‍याल र पिसाबबाट मानिसमा संक्रमण हुनसक्ने डा. पुनको भनाई छ । यो भाइरस सुरुमा १९९९ मलेसियामा पहिचान भएको रोग हो । त्यसबेला सुंगुरपालक कृषकहरुलाई यो समस्या भएको देखिन्छ । 

    लक्षण
    निपाह भाइरस संक्रमण भएपछि अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा कठिनाई, घाँटीमा खसखस हुने, निमोनियाका लक्षण देखिन्छन् । यस संक्रमणलाई समयमै पहिचान गरि उपचार नगरे व्यक्तिलाई इन्सेफलाइटिस पनि हुनसक्छ । अवस्था गम्भिर भए २४ देखि ४८ घण्टामा अर्धचेत अवस्थामा जान सक्छन् ।

    निपाह भाइरसका लक्षण कुनै पनि व्यक्तिलाई ५ देखि १४ दिनभित्र देखिन सक्छ । तर केही स्थितिमा लक्षण देखिन ४५ दिनसम्म लाग्न सक्छ । 

    कसरी थाहा पाउने ? 
    डा. पुनका अनुसार संक्रमण भए वा नभएको थाहा पाउने उपाय भनेको पीसीआर परीक्षण नै हो । यसबाहेक एलैजा विधिको प्रयोग गरेर रगत, पिसाब, नाक, कान र घाँटीको परीक्षण गराउन पनि गर्न सकिने उनले जानकारी दिए । 

    निपाह भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने सतर्कता 

    बंगुर तथा सुँगुरको नजिक जाँदा सचेत हुने

    चमेराले जुठो हालेको हुनसक्ने भएकाले फलफूल राम्ररी धोएर मात्र खाने 

    गाईवस्तुको गोठ र फार्म सफा राख्ने

    मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने

    सकेसम्म पानी उमालेर मात्रै पिउने

    बेलाबेलामा साबुन पानीले हात धुने,

    भीडभाडमा जाँदा मास्क लगाउने,

    उपचार

    निपाह भाइरस संक्रमणको उपचार हालसम्म पत्ता लागि सकेको छैन । २०२० मा यस भाइरससँग लड्ने खोपमा काम थालनी गरिएको थियो । यसको पहिलो चरणको ट्रायल सुरु भएको छ ।

    Nipah virus.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology