Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

वातावरण संरक्षणकर्मी मारिने क्रम बढ्याे: रिपाेर्ट

वातावरण संरक्षणकर्मी मारिने क्रम बढ्याे: रिपाेर्ट

  • 463
    SHARES
  • वातावरण संरक्षणकर्मी मारिने क्रम बढ्याे: रिपाेर्ट

    काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकार संगठन ग्लोबल विट्नेसले सन् २०२० मा एकै वर्षको अवधिमा २२७ जना वातावरण संरक्षणकर्मीको हत्या भएको रिपोर्ट सार्वजनिक गरेको छ । लगातार दोस्रो वर्ष एन्डियन राष्ट्रहरु (बोलिभिया, कोलम्बिया, पेरु, भेनेजुएला, इक्वेडर) मा वातावरण संरक्षणकर्मीको सबैभन्दा धेरै हत्या भएको छ । जसमा भूमि एवं पर्यावरण संरक्षकहरु ६५ जनाको हत्या गरिएको छ । 

    images

    यीमध्ये कोलम्बिया पर्यावरण रक्षकहरुका लागि सबैभन्दा बढी खतरनाक राष्ट्र रहेको सोमबार प्रकाशित रिपोर्टमा भनिएको छ । कोलम्बियाको माक्र्सवादी क्रान्तिकारी सशस्त्र बल (एफएआरसी) गुरिल्ला समूह र त्यहाँको सरकारबीच भएको पाँच दशक लामो युद्धको अन्त्यसँगै र कोलम्बिया सरकारसँग सन् २०१६ मा गरेको शान्ति सम्झौता पछि पुनः ग्रामीण क्षेत्रमा हिंसा बढेको छ ।

    युद्धको अन्त्यसँगै त्यस क्षेत्रमा रहेका गुरिल्ला समूहका सदस्य र नयाँ हतियारधारी समूहरुबीच ग्रामीण भेगका जमिनहरु नियन्त्रणमा लिएर अवैध खानी, काठ तस्करी, लागूऔषध तस्करीका लागि उपयोग गर्ने प्रतिस्पर्धा बढेको छ । यी समूहले नियन्त्रणमा लिएका क्षेत्रमा जमिनको संरक्षण गर्न खोज्नेहरुले धेरै चुनौतीको सामना गर्नुपर्ने र कतिपय स्थितिमा ज्यान नै गुमाउनु पर्ने अवस्था छ । 

    ग्लोबल विट्नेस समूहले कोलम्बियामा बाढी र खडेरी पनि बढेकाले जलवायु परिवर्तनबाट पर्ने सम्भावित असरको उच्च जोखिममा रहेको बताएको छ ।  

    अन्य देशको तुलनामा कोलम्बियामा सन् २०२० मा धेरै पर्यावरण संरक्षणकर्मीको हत्या भएको छ । २०२० मा भएका हत्यामध्ये २९ प्रतिशत कोलम्बियामा मात्रै भएको छ । सन् २०१७ र सन् २०१८ को तुलनामा गत वर्ष त्यहाँ संरक्षणकर्मी मारिने क्रम ह्वात्तै बढेको छ । 

    ‘महामारीले यो स्थितिलाई झन् बढाएको छ,’ रिपोर्टमा भनिएको छ । कोरोना भाइरसको महामारीले भएको लकडाउनमा पनि संरक्षणकर्मीहरुलाई उनीहरुकै घरमा पनि निशाना बनाइएको पाइएको छ । 

    कोलम्बियापछि मेक्सिको, ब्राजिल र होन्डुरस सबैभन्दा धेरै पर्यावरण रक्षकको हत्या भएका देशको सूचीमा अगाडि छन् । 

    तस्बिरः ग्लाेबल विट्नेस

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology