Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

क्यानडाको मध्यावधि निर्वाचनमा एडभान्स पोलको आकर्षण

क्यानडाको मध्यावधि निर्वाचनमा एडभान्स पोलको आकर्षण

  • 648
    SHARES
  • क्यानडाको मध्यावधि निर्वाचनमा एडभान्स पोलको आकर्षण

    काठमाडौं । क्यानडामा मध्यावधि निर्वाचन २० सेप्टेम्बरमा हुँदैछ । यो निर्वाचनमा अघिल्ला निर्वाचहरुको तुलनामा मतदाताले अग्रीम मतदान (एडभान्स पोल) लाई प्राथमिकता दिएका छन् । 

    images

    करिब १३ लाख क्यानेडालीले गत शुक्रबार एडभान्स पोल प्रयोग गरेका थिए । कोरोना भाइरसको महामारी सुरु हुनुभन्दा अगाडि पनि त्यहाँ निर्वाचन अगावै मतदान गर्ने प्रक्रिया लोकप्रिय भएको देखिएको थियो । यो सन् २०१९ को संघीय निर्वाचनमा एडभान्स मतदान गरेकोभन्दा १ लाख बढी हो । क्यानडाका ५०० बढी निर्वाचन कार्यालयले एडभान्स मतदान सुरु गरेका छन् । 

    निर्वाचनको दिनमा मतदान केन्द्रमा उपस्थित हुन नसक्ने मतदातालाई लक्षित गरी एडभान्स पोल सुरु गरिएको हो । इमेलबाट मतदान गर्नेले आज मंगलबारसम्म नामावली दर्ता गर्नुपर्ने छ, यसपछि मात्रै मतदान गर्न पाउनेछन् । हालै गरिएको एक सर्वेक्षणमा झन्डै २० देखि ३० लाख क्यानडेली नागरिक इमेलबाट मतदान गर्न इच्छुक रहेको देखिएको छ । 

    लिबेरल पार्टीका नेता एवं क्यानडाका प्रधानमन्त्री जस्टिन टु«डोले अगस्ट महिनामा मध्यावधि निर्वाचनको घोषणा गरेका थिए । सन् २०१५ यता प्रधानमन्त्री रहेका उनले दोस्रो कार्यकाल सन् २०१९ मा हाउस अफ कमन्समा रहेको ३३८ सिटमा १५७ सिट जितेर अल्पमतको सरकार चलाइरहेका छन् । 

    हालै भएको सर्वेक्षणमा टु«डोका प्रतिद्वन्द्वी कन्जरर्भेटिभ पार्टीका एरिन ओ टुल थोरै अगाडि देखिएका छन् । क्यानडाको सबैभन्दा धेरै जनसंख्या भएको ओन्टारियो र क्युबेकमा लिबेरलहरु हाउस अफ कमन्समा धेरै सिट जित्न सक्ने सम्भावना रहेका कारण टु«ुडोले नै पुनः सरकारको नेतृत्व गर्न सक्ने आकलन गरिएको छ । 

    साथै कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकार सफल भएकाले पनि बहुमत आउनेमा लिबेरलहरु आशावादी देखिएका छन् । निर्वाचनमा जलवायु परिवर्तन र स्वास्थ्य सेवा, हाउजिङ, रियल स्टेट लगायतका मुद्दा उठाइएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology