Logo

२०७८, आश्विन ४ गते सोमवार

२०७८, आश्विन ४ गते सोमवार

एमाले सांसद् पाण्डे र भट्टलाई कारबाही नगर्न अन्तरिम आदेश

एमाले सांसद् पाण्डे र भट्टलाई कारबाही नगर्न अन्तरिम आदेश

  • 99
    SHARES
  • एमाले सांसद् पाण्डे र भट्टलाई कारबाही नगर्न अन्तरिम आदेश

    काठमाडाैं । सर्वोच्च अदालतले एमाले सांसद् सोमप्रसाद पाण्डे र शारदा भट्टलाई कारबाही नगर्न अन्तरिम आदेश दिएको छ ।

    यी दुईले नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए । तर,एमालेले उनीहरुलाई कारबाही गरेको थियो । कारबाहीका कारण उनीहरुले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गर्नसमेत पाएका थिएनन् ।

    अदालतले अब उनीहरुले नेकपा एकीकृत समाजवादी रोजेको आधारमा नै कारबाही गर्न नहुने अन्तरिम आदेश दिएको हो ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology