Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

सहयोगी संक्रमित भएपछि आइसोलेसनमा बसे रुसी राष्ट्रपति पुटिन 

सहयोगी संक्रमित भएपछि आइसोलेसनमा बसे रुसी राष्ट्रपति पुटिन 

  • 505
    SHARES
  • सहयोगी संक्रमित भएपछि आइसोलेसनमा बसे रुसी राष्ट्रपति पुटिन 

    मस्को । रुसका राष्ट्रपति भ्लाद्मिर पुटिनले आफ्ना नजिकका सहयोगी कोरोना संक्रमित भएपछि आइसोलेसनमा बसेका छन् । पुटिन आइसोलेसनमा बसेको रोयटर्स, एएफपीलगायतका समाचार एजेन्सीले पुष्टि गर्दै समाचार लेखेका छन् । 

    images

    पुटिन यस साता एक महत्वपूर्ण बैठकमा सहभागी हुन ताजकिस्तानको राजधानी दुसान्बे जान लागेका थिए । तर रुसी सरकारको कार्यालय क्रेमलिनले दिएको जानकारीअनुसार उनले आफ्नो भ्रमण स्थगित गरेर आइसोलेट भएका छन् ।

    पुटिनले ताजकिस्तानबाहेक १६ र १७ सेप्टेम्बरमा संघाई कर्पोरेशनको एक बैठकमा सहभागी हुने कार्यक्रम पनि थियो । अब उनले यी कार्यक्रमहरु भिडियोमार्फत् सहभागी हुनेछन् । 
    पुटिनले रुसले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक भी लगाएको बताइएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology