Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

सभामुखलाई नेम्वाङको सुझाव- आफैंले स्थापित गरेको अभ्यासबमोजिम चल्नुहोस् 

सभामुखलाई नेम्वाङको सुझाव- आफैंले स्थापित गरेको अभ्यासबमोजिम चल्नुहोस् 

  • 658
    SHARES
  • सभामुखलाई नेम्वाङको सुझाव- आफैंले स्थापित गरेको अभ्यासबमोजिम चल्नुहोस् 

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफैंले स्थापित गरेको अभ्यास र कानुनअनुसार चल्न सभामुख अग्निप्रसाद सापकोटालाई अनुरोध गरेका छन् ।

    images

    पार्टीका नेता कसलाई कारबाही गर्न हुन्छ र कसलाई कारबाही गर्न हुँदैन भन्ने कुरा सभामुखको अधिकार क्षेत्रभित्र नभएको जिकिर गर्दै उपनेता नेम्वाङले सभामुखले कसैप्रति भेदभाव गर्न नहुनेमा जोड दिए । 

    एमालेले पार्टीको ह्वीप उल्लङ्घन गर्ने १४ सांसदलाई पदमुक्त नगरेको भन्दै संसद् बैठक अवरोध गर्दै आएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेता नेम्वाङले सभामुखलाई स्थापित अभ्यासबमोजिम चल्न आग्रह गरे ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology