Logo

२०७८, आश्विन ४ गते सोमवार

२०७८, आश्विन ४ गते सोमवार

बार्सिलोनाको पोस्टमा बायर्नका तीन गोल 

बार्सिलोनाको पोस्टमा बायर्नका तीन गोल 

  • भाद्र ३०, २०७८ बुधवार ०७:५९ बजे
  • 59
    SHARES
  • बार्सिलोनाको पोस्टमा बायर्नका तीन गोल 

    एजेन्सी – च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले क्याटलान क्लब बार्सिलोनालाई ३–० ले पराजित गरेको छ ।

    बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको समूह ई को खेलमा बायर्न म्युनिखले जित निकालेको हो। बायर्ननको जितमा रोबर्ट लेवान्डोस्कीले २ तथा टोमस मुलरले १ गोल गरे ।

    पहिलो हाफको ३५ औं मिनेटमा मुलर गोल गर्न सफल भएका थिए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डर एरिक गार्सियालाई लाग्दै गोल भएको थियो । 

    पहिलो हाफमा आक्रमण र बल पोसेसनमा बलियो देखिएको बायर्नले सोहि लयलाई निरन्तरता दियो । ५६ औं मिनेटमा  लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर पारे । 

    खेलको ५ मिनेट समय बाँकी रहँदा लेवान्डोस्कीले नै बायर्नलाई ३–० ले अघि बढाए ।  

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology