Logo

२०७८, आश्विन ४ गते सोमवार

२०७८, आश्विन ४ गते सोमवार

युभेन्टसले निकाल्यो सिजनकै पहिलो जित, माल्मोलाई ३–० ले हरायो 

युभेन्टसले निकाल्यो सिजनकै पहिलो जित, माल्मोलाई ३–० ले हरायो 

  • भाद्र ३०, २०७८ बुधवार ०८:०६ बजे
  • 62
    SHARES
  • युभेन्टसले निकाल्यो सिजनकै पहिलो जित, माल्मोलाई ३–० ले हरायो 

    एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो राउन्डको खेलमा इटालियन क्लब युभेन्ट्सले स्वीडिस क्लब माल्मो एफसीलाई ३–० ले हराएको छ। 

    युभेन्ट्सको जितमा एलेक्स सान्द्रो, पाउलो डिबाला र अल्भारो मोराटाले गोल गरे । इल्डा स्टेडियम माल्मोमा मंगलबार राति भएको खेलको २३औं मिनेटमा एलेक्स सान्द्रोको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो । 

    पहिलो हाफको अन्त्यतिर दुई गोल थप्दै युभेन्ट्स बलियो स्थितिमा पुगेको थियो । ४५औं मिनेटमा पाउलो डिबालाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । उनले पेनाल्टी मार्फत गोल गरे ।

    पेनाल्टी गोल लगत्तै डिबालाकै लामो पासमा अल्भारो मोराटाले गोल गर्दै खेललाई ३–० को अवस्थामा ल्याए । दोस्रो हाफमा दुवै टोलीले केही सुवर्ण अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफको तीन गोल नै युभेन्ट्सको जितमा पर्याप्त बन्यो ।

    जितसँगै समूह ‘एच’ मा युभेन्ट्स ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । यो युभेन्टसको सिजनकै पहिलो जित समेत हो। 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology