Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

लुकाकुले निर्णायक गोल गर्दा चेल्सी विजयी  

लुकाकुले निर्णायक गोल गर्दा चेल्सी विजयी  

  • भाद्र ३०, २०७८ बुधवार ०८:१२ बजे
  • 486
    SHARES
  • लुकाकुले निर्णायक गोल गर्दा चेल्सी विजयी  

    एजेन्सी– बेल्जियन फरवार्ड रोमेलु लुकाकुको गोलमा साविक विजेता चेल्सीले च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो खेलमा जित हात पारेको छ। चेल्सीले रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्गलाई पराजित गरेको हो। 

    images

    घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीले जेनिटमाथि १–० को जित निकालेको हो । चेल्सीको जितमा लुकाकुको गोल नै निर्णायक बन्यो। 

    ६९औं मिनेटमा  लुकाकुले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । उनले कप्तान सिसर एज्पिलिक्वेटाको पासमा गोल गरेका थिए ।  

    यो नजितापछि समूह ‘एच’ मा युभेन्ट्स ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक नै रहेपनि चेल्सी गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । अंकविहीन जेनिट र माल्मो तेस्रो र चौथो स्थानमा रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology