Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

उत्तरी अफ्रिकामा आइएसका वरिष्ठ नेता मारिएको फ्रान्सको दाबी 

उत्तरी अफ्रिकामा आइएसका वरिष्ठ नेता मारिएको फ्रान्सको दाबी 

  • 487
    SHARES
  • उत्तरी अफ्रिकामा आइएसका वरिष्ठ नेता मारिएको फ्रान्सको दाबी 

    पेरिस । फ्रान्सले ग्रेटर सहारामा आफ्ना सैनिकको कारबाहीमा इस्लामिक स्टेट आइएस समूहका वरिष्ठ नेताको मारिएको दाबी गरेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अदनान अबु वालिद अल सहरावीको मृत्युले अफ्रिकाको साहेल क्षेत्रमा आतंकवादविरुद्धको लडाईमा एक ठूलो सफलता भएको बताएका छन् । 

    फ्रान्सका रक्षा मन्त्री फ्लोरेन्स पार्लीले यस कारबाहीमा चरमपन्थीविरुद्ध एक निर्णायक प्रहार गरेको प्रतिक्रिया दिएका छन् । फ्रान्सले अल सहरावी कहिले, कहाँ मारिएका थिए भने स्पष्ट रुपमा बताएको छैन । अल सहरावी समूहले सर्वसाधारणमाथि आक्रमण गर्दै आइरहेको थियो । 

    यस समूहले फ्रान्सेली सहायताकर्मी र अमेरिकी विशेष बलका सैनिकलाई पनि निशाना बनाएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij