वेबटिभी खबर
काठमाडाैं । बिहीबार शेयर बजारको परिसूचक नेप्से ७६ अंकले घटेको छ । ७६.६५ अंकले घटेसँगै नेप्से परिसूचक २८१२ अंकमा कायम भएको छ । दिनभर उतारचढाव हुँदा परिसूचक न्यूनतम २७९५ सम्म झरेको थियो । पौने २ बजेपछि बजार केही सम्हालिएको हो ।
बैंकहरुले निक्षेप तथा कर्जामा असोज १ देखि लागू हुनेगरी ब्याजदर बढाएसँगै शेयर बजारमा ठूलो असर देखिएको हो । यस दिन कारोबार रकम भने केही बढेको छ । बुधबार ५ अर्ब ३५ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज ९ अर्ब ३ करोड पुगेको छ ।
यस दिन सबै समूहहरु घटेका छन् । बैंकिङ ४१, ब्यापार ११०, होटल तथा पर्यटन १२५, विकास बैंक १९७, जलविद्युत १३७, फाइनान्स १३९, निर्जीवन बीमा ३८३, उत्पादन १३७, अन्य ३१, माइक्रोफाइनान्स १७१, जीवन बीमा ४५२ र लगानी समूह २ अंकले घटे ।
यस दिन २ कम्पनीको शेयर मूल्य बढेको छ भने १८३ कम्पनीको मूल्य घटेको छ । मनकामना स्मार्ट लघुवित्तको मूल्य भने १० प्रतिशतले बढेको छ । सो मूल्यवृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ८९९ रुपैयाँ कायम भएको छ । सोबाहेक अरु बढ्ने कम्पनीको मूल्य वृद्धिदर २ प्रतिशतमुनि नै रह्यो ।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ८.१ प्रतिशतले घटेको छ । श्रीइन्भेष्टमेन्ट फाइनान्सको मूल्य ७ प्रतिशतले घटेको छ । आइसिएफसी फाइनान्सको मूल्य ७ प्रतिशतले घटेको छ । लिबर्टी इनर्जीको मूल्य ६.७ तथा चन्द्रागिरि हिल्सको मूल्य ६.५ प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो । सो कम्पनीको ३८ करोडको सेयर किनबेच हुँदा रिडी हाइड्रोपावरको २८ करोडको किनबेच भयो । अपि पावरको २५ करोडको किनबेच भयो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij