Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराउँदै स्थानीय सरकार

४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराउँदै स्थानीय सरकार

  • 1.3K
    SHARES
  • ४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराउँदै स्थानीय सरकार

    तनहुँ । व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय १ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

    images

    नगरपालिकाको भदाै ८ (मंगलबार) बसेको कार्यपालिकाको बैठकले प्रतिविद्यालय १ लाखका दरले ४९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । 

    प्रविधिमैत्री कार्यका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उक्त रकमबाट विद्यालयले आवश्यक प्रविधि खरिद गर्ने उनकाे भनाइ छ ।

    श्रेष्ठले भने,‘उक्त कार्यका लागि विद्यालयलाई प्रस्ताव पेश गर्न आह्वान गरेका थियौँ, विद्यालयले पेस गरेको प्रस्तावका आधारमा सबै विद्यालयलाई एक लाखका दरले उपलब्ध गराउने निर्णय भएको छ ।’  

  • सम्बन्धित विषय:

  • # विद्यालय

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology