विराटनगर । प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आउँदो असोज २२ गते देखि सुरु हुने भएको छ । संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम सो दिन मध्याह्न २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology