Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

हनुमान ढोकाबाट सुरु भयो इन्द्रजात्रा, लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान

हनुमान ढोकाबाट सुरु भयो इन्द्रजात्रा, लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान

  • आश्विन २, २०७८ शनिवार ०८:३७ बजे
  • 504
    SHARES
  • हनुमान ढोकाबाट सुरु भयो इन्द्रजात्रा, लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान

    काठमाडौं– इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज (२ असोज) बिहान ६–५१ बजेको साइतमा गरिएको छ ।

    images

    नेपाली सेनासमेत सहयोगमा हनुमान ढोका (कालभैरव क्षेत्र)बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।

    इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन ३ असोजमा कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ ।

    ४ असोजमा माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । असोज ८ गते नानिचा यात्रा गरिनेछ ।

    त्यसै दिन राति १०ः३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology