Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

रेडपाण्डाका छालासहित युवक पक्राउ

रेडपाण्डाका छालासहित युवक पक्राउ

  • 374
    SHARES
  • रेडपाण्डाका छालासहित युवक पक्राउ

    जाजरकोट । प्रतिबन्धित हाब्रे (रेडपाण्डा) को छालासहित बारेकोट गाउँपालिका-५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ ।

    images

    रेडपाण्डाको छाला बिक्री गर्न भनि नलगाड नगरपालिका-५ कालीमाटीस्थित होटलमा ल्याएको छ भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा उनी पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुकुमार थापाले बताए ।

    परियारको साथबाट रेडपाण्डाको ४२ ईन्च लम्बाइ भएको ठूलो छाला एक  थान र टाउको नभएको २२ इन्च लम्बाइ भएको सानो छाला एक थान बरामद गरेको डिएसपी थापाले बताए ।

    पक्राउ परेका परियारलाई थप अनुसन्धान जारी रहेको बताएको छ । 

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology